Wednesday, April 1, 2020

ऐतिहासिक सन्दर्भ र कालखण्ड(epoch)लाई अध्ययन गर्दा त्यो वि.सं. २००७ सालको प्रजातान्त्रिक अान्दोलन (democratic movement)को उपलब्धि राणाहरूले वि.सं. १९०३ सालदेखि जहानियाँ ढङ्गले गरेको शासन हटाएको मात्र देखिएको छ। राणाशासन (Rana administration) परिवर्तन गरियो तर त्यसले बोकेको त्यो अतिवादी विचार(extremist) एवं वर्ग(class) अाज पनि जीवित देखिदैछ। अाजसम्म सुन्दर, अाकर्षक र मोटा मोटा कानुन र संविधानका पुस्तकहरू प्रकाशित त गरियो तर त्यसलाई धर्मगुरू, पंण्डितहरूले साईत निकालेर पुराण वा प्रवचन सुनाउदा वाचन गरेजस्तै मात्र भएको छ, काम व्यवहारमा शून्य। अाफु धर्मगुरू बनेर नेपाली जनतालाई भक्तजन मात्र बनाएको छ। पलेटिकसेर बस्ने, हात जोडेर सुन्ने। सुनेर धर्म कमाईन्छ भन्ने सामाजिक संस्कार गहिरो गरि गढेर बसेकोले होला अधिकार स्थापित गरिएको लेखाइ र वाचन गरेको सुन्दा त्यो जनताको हितको नियम, कानुन र अधिकार फेरिपनि उत्कृष्ट छैन भन्न सकिन्न। त्यसैमा मख्ख परेर बसेका छौं हामी।
निरंकुश मानिएको जहानियाँ राणाशासनको पंजा बाट अाम नेपाली समाजले मुक्ति पाएको दिन को अवसर पनि मान्न सकिन्छ।। जसलाई प्रजातन्त्र दिवस (democracy day)को रूपमा मनाउने वैधानिक सहमति (consensus) मात्र भएको हो। जब सम्म समाजले प्रजातन्त्रको मर्म र भावना यथार्थमा गहिराइ बाट बुझ्ने अाफ्ना अधिकारको विषयमा यथार्थ जानकारी र विवेक पैदा हुदैन तबसम्म यो मनाईने गरिएको प्रजातन्त्र दिवस मात्र केही पहुचवाला समुहकालागि मात्र हो भन्ने नकार्न सकिन्न।
न्युनतम मानवअधिकार (human rights) र मौलिकहक (fundamental rights)को कार्यान्वयन नभएसम्म नेपाली जनताकालागि यो दिवसको तुक छैन। तर त्यो ऐतिहासिक कालखण्डमा जनताको जनतन्त्र(democracy)कालागि, प्रजातन्त्रकालागि अाफ्नो अमूल्य जीवन त्याग गर्ने, उत्सर्ग गर्ने साहसिक मानवरूपि देवगणलाई स्मरण गर्दै वहाँहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, प्रत्यक्ष परोक्ष योगदान पुर्याउनु हुने समाजका सदस्यहरूमा हार्दिक धन्यवाद सहित अाभार प्रकट गर्दै, अाज पनि त्यो जनताको प्रजातान्त्रिक अान्दोलन हामी पनि निरंतर अघाडी बढाउने वाचा सहित हजुरहरूलाई सदैव स्मरण गर्न चाहान्छौं।
हाम्रो अाफ्नो प्रकृतिक हक अधिकार (natural rights)को जनतान्त्रिक अानदोलन जारी छ।

No comments:

Post a Comment