डियर कमरेड!
ऐतिहासिक द्वन्दात्मक भौतिकवाद कलियुगको वेद हो। यसले बोकेको मर्म र भावना जोगाईराख्ने हामी विश्व समाजको दायित्व हो। चिन्ता मात्र यहि हो कि पण्डिततै पिच्छे लगाईएको अर्थले फेरिपनि समाजले संकट भोग्न नपरोस्। माक्र्सवाद जस्ले प्रतिपादन गरे उनी अाफै माक्र्सवादी हुन सकेनन् भन्ने कुरा स्मरण रहोस्। सामाजिक विज्ञानको सबै भन्दा सशक्त दृष्टिकोण माक्र्सवादलाई राजनीतिकरण नगरौं। यो समाजको अध्ययन गर्ने एक द्वन्दात्मक दृष्टिकोण मात्र हो सर्वे सर्वा भने होईन। यो समाज बहुव्यवहारले चल्ने भएकोले समय र परिवेशको गहिरो अध्ययन गरि बहुदृष्टिकोणको प्रयोग गर्न जान्नु विद्वता हुन्छ। पुँजीपती बन्ने छोटो बाटोको रूपमा प्रयोग गर्नेको पतन अकल्पनीय हुनेछ।
माक्र्स बन्ने क्षमता तिमीमा कत्ति पनि छैन तर महामानव भने बन्न सक्छौ। त्यो पनि बन्न नसके मानवतावादी मानव बन्ने प्रयास जारी राख। विश्वेश्वरले भन्नुभए जस्तो ठूलो होइन असल मान्छे बनेस्, शुभकामना डियर कमरेड!

No comments:
Post a Comment