Wednesday, April 1, 2020

नागरिकले आफ्नै देशको सेवा गर्छु भनेर मन, वचन र कर्मले लाग्दा पनि राष्ट्रसेवामा सहभागी हुन नपाउने देश हो हाम्रो नेपाल। यहाँ आफ्नै नागरिकमा क्षमता (Capacity) खोजीन्छ जब कि क्षमताको विकास (Capacity development) गराउने प्रमुख दायित्व उनैको हुन्छ। अफ्नो निजी नियमका आधारमा क्षमतावान (Capable) खोजीदै गर्दा अन्य प्रतिस्पर्धी रूपी आफ्नो युवा नागरिक (Young citizen)को मनोविज्ञान (Psychology)मा पर्न जाने नैरास्यता रूपी गहिरो चोटको जवाफदेहिता कस्ले लिने? यस्तो विभेदकारी नियम (Discriminatory rule)ले पर्नजाने दिर्घकाली असर (Long term affect) कस्तो होला अनुमान लगाएका छौ कहिले?
खबर्दार सरकार! अाफुलाई समतामुलक (Equitable), उदारवादी (Liberalist) र समन्वयवाद (Syncretism) बनाउने जिम्मेवार तिमी आफै हौ। कुनै पनि व्यक्तिको क्षमता नाप्ने अधिकार त्यतिबेला हुन्छ जब क्षमता अनुसारको राष्ट्रसेवा वा लोकसेवामा आफ्नो नागरिकलाई समतामूलक सहभागी (Equitable participatory) गराउदै अवसर प्रदान गर्दछौ। नत्र कुनै मानवको वा नागरिकको क्षमता नाप्ने अधिकारी आफु हौ भन्ने संकिण विचार र व्यवहार त्याग। मानवको भावना र क्षमतालाई सम्बोधन गर्नसक्ने सशक्त संस्था (Powerful institution) मात्र तिमी हौ। शुभकामना!

No comments:

Post a Comment