Wednesday, April 1, 2020

सडकलाई अनुशासनमा राख्नमा नसक्ने सरकारी निकायको असफल व्यवस्थापनले लेनअनुशासनको पालना नगर्नु चालकको दोष देख्ने दृष्टिकोण नियतखोट छ। सबै सामान्य अवस्था रहँदा चालक वा पैदल यात्रुले लेन वा सडक अनुशासन तोडनु दण्डनीय हुन्छ। तर त्यो विशेष र असहज परिस्थिति(जाम)मा चालकको नियत नभई सडक व्यवस्थापन र त्यसले सृजना गरेको परिस्थितिको वा त्यसैमा लाभ लिने व्यक्ति वा संस्थाको नियत दोषी हो।
जरिवाना संकलन गरेर तलब खुवाउने नियत स्पष्ट देखिन्छ। जनतालाई जरायो मान्ने जंगली कानुन र जन्तु राज।
सुन्दा र भोग्दा सामान्य लाग्ने तर हरेक मिनेटमा मानव अधिकारकार उलंघन भईरहेको विषयमा ध्यान दिदैनौ, किनकि यस्ता विषयमा राष्ट्रियता देख्दैनौं, अन्तर्राष्ट्रिय मुद्दा मान्दैनौं, यसमा शोषण र अन्याय देख्दैनौं हामी र हाम्रो डियर कमरेडहरू...

No comments:

Post a Comment