मानसिक दरिद्रता "कोरोना भाईरस" भन्दा अझ बढी घातक
हुन्छ। अाज हाम्रो नेपाल जस्तो अवस्थामा छ, हामी जे छौं र जे हौं सबै त्यही ऐतिहासिक सन्दर्भमा भएको मानसिक संकुचितता र दरिद्रता कै उपज हो। जनतालाई दास बनाएर अाफु र अाफ्नो सन्ततिलाई पुस्तौंपुस्ता युगौंयुग मालिक बनाईरहने लोभले सृजना गरेको अतिवाद र मानवलाई पशु सम्झेर अाफु गोठाला बनिरहने भ्रमले सृजना गरेको दरिद्रता नै अाजको नेपाल हो।
पशुको गोठालो हुनु भन्दा शिक्षित एवं सभ्य मानिसको मानवतावादी विष्णु हुनखोज्ने बुद्धिले बास गरेको भए अाजको दिनमा तिमी तिमी रहन्थ्यौ, हामी हामी रहन्थ्यौं, र अाज हाम्रो देश देश रहन्थ्यो।
अनि हाम्रो PM को मृगौला पनि यसरी कार्यविमुख हुदैन थियो। किड्नी स्वस्थ रहेको भए मस्तिष्कले अाफ्नो नियमित कार्य गर्दथियो। तिमीहरूको ऐतिहासिक सन्दर्भका कारणले गर्दा अाज हामी गफाडीको गफ झै विकास र समृद्धिको जुवाडे गफ सुन्नु पर्दैछ। तिमी र तिम्रो गफाडी प्रशासनको कुनै दोष छैन। दोष छ त त्यो किराँतकाल, लिछिवीकाल, मल्लकाल, राणाकाल, पञ्चायती, अनि प्रजातन्त्र व्यवस्थाको। तिमीलाई निर्माण गर्ने समाज नै त्यस्तै गफाडीको गफमा भुलीन रूचाउछन् भने कस्को दोष। यहाँ कोही दोषी छैन। दोषी छ त केवल ती ऐतिहासिक तत्कालीन व्यवस्थाहरू।

No comments:
Post a Comment