नेपालमा श्रीमद्भगवद गीता र ऐतिहासिक द्वन्दात्मक भौतिकवाद (माक्र्सवाद)को सहारामा धेरैले आफ्नो जीवन सुधारेका छन्। निजी र निश्चित समुहको स्वार्थका लागि गीता र माक्र्सवादको मर्म र भावना प्रति हुदै गरेको अपव्याख्या रूपी छेडखानी वा बौद्धिक भ्रष्टाचार गर्ने त्यस्ता पात्र भ्रष्ट पात्र हुन्।
प्रजातान्त्रिक समाजवाद सिद्धान्तको आधारमा ल्याउने मानव अधिकार सहितको विकास र समृद्धिकालागि एक हौं।
Saturday, February 27, 2021
के यो पत्थर साँचैमा देवता हो त! तर समाज द्वारा यसलाई देवताको प्रतिनिधित्व मानिन्छ भन्ने विषय नकार्न सकिन्न। अक्सर विषयवस्तुलाई समाजले अर्थ लगाएको र सहमतिका आधारमा मान्यता निर्माण गरेको कुरा मान्नु पर्दछ।
प्रकृतिले कुनै पत्थरलाई देवता बनेस् भनेर निर्माण गरेर आशिर्वाद दिईएको हुदैन तर त्यसलाई त्यसैको फरक आकृति भएकै कारणले समाजको सामाजिक संरचनाले अर्थ र परिभाषा लगाईदिन्छन्। यस पत्थरले पनि समाजमा रहेका विविधता अन्तर्गत कुनै निश्चित समुदायको सांकेतिक अन्तरक्रिया गरिरहेको देख्न सकिन्छ।
यो तस्बिरमा देखिएको पत्थरलाई मान्यता, अर्थ र परिचय समाज द्वारा दिइएको हो नकि कुनै स्वर्गको जनादेश वा आकाशवाणी भन्न सकिन्छ। यस पत्थरले सामाजिक संस्था धर्म अन्तर्गतको हिन्दु सम्प्रदाय/ समुदायको पक्षमा अन्तरक्रिया गरिरहेको देख्न सकिन्छ।
एकतंत्रीय शासन व्यवस्था
एकतंत्रीय शासन व्यवस्था (Autocracy System) आफैमा अभिशाप हो र यदि हो भने उद्धार प्रजातान्त्रिक व्यवस्था (Liberal Democratic System) ले नेपालको विकास र समृद्धिको अभ्यास किन सफल देखिएन!
कुनै व्यवस्था आफैमा अभिशाप र वरदान नभइ उक्त समाजको सामाजिक सांस्कृतिक संरचनाले त्यस्ता व्यवस्थालाई अभिशप्त र वरदान बनाएका हुन्छन्। नेपाली समाजले यस्ता गहन र संवेदनशील विषयलाई बहसको विषय बनाउने समय आएको छ। के यो सत्य हैन र!
राधे राधे!
नेपाली समाजमा देखिएको व्यप्त विचलन र जघन्य अपराधको कारण नेपाली समाजको कुल, देवी-देवता बिग्रेको मान्नु वा अन्य कुनै अदृश्य शक्तिलाई दोष देखाउनु भनेको अाफु पन्छिनु हुन सक्छ। समाजमा भएको असमानताका कारणले स्थापित र संस्थागत विचलन र अपराधको जड त्यही सामाजिक कारण हो भन्ने निष्कर्षमा पुगिदैन यस्तो क्रियाकलाप रहिरहनेछ, जहिले सम्म कुनै निश्चित व्यक्ति वा ईश्वरलाई दोषी देखिन्छ तबसम्म।
विभिन्न प्रकारका भ्रष्टाचार साथै बलात्कार पछि हत्या जस्तो जघन्य अपराध सामाजिक असमानता कै कारण हो नकि लोभ र रोग।
सामाजिक आर्थिक स्तरमा जब असमानता बढेर जान्छ तब सामाजिक सम्बन्धहरूमा दरार पैदा हुन्छ। त्यसको एक उदाहरणी समाज हो नेपाल। अनि यस्तै अवस्थाको समाजले भन्दछ हत्य, हिंसा, बलात्कार अपराध गर्नेलाई फाँसी देउ।
हो फाँसी दिनु पर्दछ तर त्यो अपराधीक विचार जन्माउने असामाजिक सामाजिक संस्कृति र असमानता स्थापित गर्ने पक्षहरूलाई दिनु पर्दछ जसले निश्चित व्यक्ति वा समुहको पक्ष र हित हुनुलाई न्याय मान्दछ र त्यसैलाई अभ्यास गर्दछ। तब अपराध सकिनेछ नत्र अपराधीलाई सजाए दिएर अपराध निर्मूल हुन्छ भन्ने कसैले विश्वास राख्दछ भने उसले अपराध र अपराधीक गतिविधि समाप्त गर्नेको पक्षमा नभई अझ समस्या बढाउने पक्षमा वकालत गर्दैछ भन्ने मान्न सकिन्छ।
अपराध र अपराधी के हो! के अपराधी वंश र जन्मको कुण्डलीको आधारमा हुन्छ! अपराध र अपराधीको मुल कहाँ छ! अपराधी पात्र समस्या हो कि अपराध विचार समस्या हो! यो कसैले दिएको अभिशाप हो कि समाज आफैले जन्माएको, हुर्काएको र पोषेको त हैन! जस्ता विषय अध्ययन गम्भीरतापूर्वक गर्नु पर्ने समय आजै र अहिले देखि खोजी गर्ने बेला भएको छ।
अपराधीलाई भन्दा अपराधीक गतिविधि जन्माउने त्यो पक्षको खोज गरि समाधानको पाटोलाई महत्व दिदै समाजले मानव आफु अपराधको सिकार हुन र मानवलाई अपराधी हुन बाट बचाअौं। स्थायी र दिगो समाधान खोजौं रोजौं।
फरक आकृतिको ढुङ्गोलाई देवता बनाएर पुजा गर्ने नेपाली समाजको संस्कृतिलाई गलत भन्न मिल्दैन तर त्यसैको आदतले शक्तिशाली पदमा रहेका निश्चित कर्मण्य वा अकर्मण्य व्यक्तिलाई देवत्वकरण गर्नु ले समाजको भविष्य अन्योलमा नपर्ला भन्न सकिन्न।
राष्ट्रसेवक कुलमान घिसिङ होस वा वैज्ञानिक महावीर पुन, जनता र संविधान भन्दा माथिको सम्झने कार्यकारी प्रमुख खड्गप्रशाद अोली होस् वा मांसाहारी क्रान्तिका अगुवा पुष्पकमल दाहाल जोसुकै हुन् त्यस्ता पात्रलाई तिनको विचार र व्यवहारको आधारमा प्रसंसा र आलोचना गरिनु पर्दछ नकि देवत्वकरण। जहाँ विचार, आदर्श, सिद्धान्त र व्यवहार भूमिगत रहन्छ तब देवत्वकरणको नामको विधि, व्याख्या र प्रयोग, शक्तिमा रहन्छ।
देवत्वकरण हाँस्यास्पद हो। देवत्वकरण गर्ने संस्कारले समाजलाई कुन दिशा तिर डोर्याउदैछ भन्ने विषयले मन भित्रको पिडा देखाउनु सुनाउनु व्यर्थ हो लाग्छ।
असामाजिक बफादार
एक बालिकाको हत्या हुदा मौन रहने, न्याय भन्दापनि अाफ्नो र अर्काको छुट्याउन सिपालु पार्टीका बफादार साथीहरूको हितैसीलाई पक्राउ पुर्जी थमाउदै गर्दा पनि बफादारी निभाउदैछन्। बस फरक यति हो, कहिले मौन रहेर त कहिले सडकमा प्रदर्शन गरेर।
यस्ता प्रतिनिधि क्रियाकलाप नेपाली समाजको विशेषता हो न कि कुनै निश्चित राजनिती दल मात्रको। समग्रमा सरम अन्याय नदेख्ने तिनलाई होईन अाफ्ना मात्र चिन्ने तिनलाई यस्तो असामाजिक विचार दिने सामाजिक संस्कृतिलाई लाग्नु पर्ने हो, जसले निर्मला, भागिरथी र झाँक्री लाई परेको अन्यायमा कहिले मौन त कहिले प्रदर्शन गर्न सिकाउदैछ।
हदै सम्म गिरेर बिरोध गर्ने र कसैले थुकेको थुक चाटेर समर्थन गर्ने संस्कारको विकासले समाजलाई दिनदिनै सद्भाव, शान्ति, एकता र न्यायको होस नभएको क्रूर असामाजिक बनाउदैछ।
वि.सं. २००७ सालमा नेपाली समाजको गर्भमा बीजारोपण गरेको प्रजातन्त्रको सुन्दर भ्रूण २०१७ सालमै तुहिसक्यो भन्ने विषय धेरैलाई थाहा छ। तर पनि थारो समाजले प्रजातन्त्र जन्माउछ भनेर होहल्ला मचाएर केही व्यक्ति र समुहले भरपुर स्वार्थ लुटिरहेको देखिन्छ। कहिले सम्म त्यसरी झुक्याएर, ठगेर अाफ्नो दुनो सोझ्याउने अनि कहिले सम्म अाफु ठगिने! थाहाछैन किन हो यो समाज त्यस्तो ईन्द्रजालीको चंगुलबाट साथै त्यो छल र भ्रम बाट निस्कन चाहदैन!
तर यो समाजले ढिलो चाँडो किन नहोस् प्रजातन्त्रको अझ विकसित ब्रिड कल्याणकारी एवं उद्धार प्रजातन्त्र जन्माउनेछ, स्थापित र संस्थागत गराउछ गराउछ, विश्वास छ।
विद्यामा सरस्वतीको बास
सरस्वतीको बास त्यहाँ हुन्छ जो मेहनतका साथ अध्ययन, चिन्तन, प्रयोग, अभ्यास र खोज गर्छन् नकि पुजा मात्रमा।
एक जना कोही छैनौं हामी यस समाजमा जो सरस्वतीको पुजा गरेर मात्र विद्वान भएको हौं भन्ने, तथापि माता सरस्वती प्रतिको श्रद्धाभावको संस्कृतिलाई नकार्न मिल्दैन। जहाँ विद्या छ त्यहाँ सरस्वतीको बास हुनसक्छ तर सबै सरस्वती पुजा गर्ने समाज संग विद्या हुन्छकी हुदैन भन्ने विषयको अध्ययन गर्न जरुरी छ। पुजा गरेर मात्र विद्या हासिल हुनेभए नेपाली समाजको वर्तमानको परिस्थिति यस्तो नहुनु पर्थीयो। नेपाली समाजले यस्ता धेरै विषयहरूमा थोरै मात्रामा पुन:निर्माण गर्न सके भावी पुस्ताले अधिक लाभ लिन सक्नेमा दुईमत हुदैन थियो, नेपाल नेपालको वास्तविक परिचयमा पुग्ने थियो।
आध्यात्मको अर्थ, परिभाषाको व्याख्या विश्लेषणमा भएको बौद्धिक भ्रष्टाचारले आज त्यो शक्तिशाली आध्यात्म अन्धविश्वासमा परिणत हुदैछ। माता सरस्वती बौद्धिकता र व्यवहार संग पनि जोडिएको छ नकि पवित्र पुजा अारधना संग मात्र। नेपाली समाजले आफ्नो अध्ययन, अनुसन्धान, चिन्तन, प्रयोग र खोजमा विद्या खोजने कि माता सरस्वतीको प्रतिकमा! त्यो तत्कालीन समाजले सरस्वती माताको प्रतिकको निर्माण जुन मर्म र भावनाले सुरू गरिएको थियो त्यो अवधारणा र व्यवहारमा परिवर्तन आएको मान्न सकिन्छ।
दोषी पितृसत्ता
न त शारीरिक रूपमा, न त मानसिक रूपमा नारी कमजोर हुन्छन् बलकी कमजोर त यो समााज द्वारा बनाईएको हुन्छ (Social fact theory)। यसको क्षतिपूर्ति पितृसत्ताले भरपाई गर्नु पर्ने हुन्छ।
पितृृृृसत्ता अाफु शक्ति हत्याउन र शक्तिमा रहिरहन नारीलाई हरक्षेत्र (अार्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, शारीरिक,मनोवैज्ञानिक, लगायत)बाट अाक्रमण गरि ति पक्षहरूमा कमजोर बनाईएको पाउन सकिन्छ। समाज रूपी गाडाको एक पाङ्ग्रा (अाधा हिस्सा) लाई ति अमानवीय र असामाजिक पितृसत्तात्मक संस्थाले योजनाबद्ध ढङ्गले कमजोर साबित गराई बहिस्करणमा पारेर एक पाङग्राले विकास र समृद्धिको लक्ष्यमा पुग्ने विषय उठान गर्नु सरासर ठगी हो। यस्तो असंतुलित, रोगी, समाजले सामाजिक सम्बन्धहरूमा दरार पैदा गर्दछ जो सभ्य समाज निर्माणको खिलाफमा कार्य भईरहेको हुन्छ।
शक्तिलाई बहिष्कारण र शोषण गर्ने साधनको रूपमा प्रयोग गरिनुले निम्तिने संकटले न्याय, समानता, समतामुलक समाज निर्माण गर्न सम्भव हुन्न। अाफु र अाफ्नो समाजमा यस्तो असमानता, बेमेल र दरार पैदा गर्ने मानिस प्राणीहरूमा सर्वश्रेष्ठ प्राणी हो भन्नु हाँस्यासपद हो। विश्वसमाजको सम्पूर्ण अवस्थालाई सुक्ष्म र वृहत ढङ्गले अध्ययन गर्दा कतै र कुनै पक्षबाट मानवलाई सर्वश्रेष्ठ भन्ने अाधार नभएको पाउन सकिन्छ। शोषण, दमन, बहिस्कारण, अन्याय, असमानताको पक्षपोषण गर्ने, अाफुले अाफुलाई सर्वश्रेष्ठ प्राणी मान्ने मानवको अाफ्नो समाज के यस्तै असंतलित हुनु पर्ने हो त!
अपराधी पितृसत्तालाई दण्डदिने फेरि पनि यही शक्तिशाली समाज नै हो जसले चाहादा जे पनि र जस्तो पनि सम्भव छ।
#महिला_फुटबल
हिंस्रक राजसंस्था
वि.सं. २००७ साल अघि देखि २०६२/०६३ को जनअानदोलन सम्म जति पनि राजनीतिक उथलपुथल भयो र त्यसका कारणले जति पनि अार्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, भौतिक वा अभौतिक नोक्सानी वा विचलन भए साथै नागरिक मारिए, सहिद भए, बेपत्ता भए र घाइते भए त्यसको सम्पूर्ण जिम्मेवारी तत्कालीन राजा र राजसंस्थाले लिनु पर्दछ। किनकि त्यस समयमा रहेको संविधानमा त्यस्तो विशेष अधिकार राजसंस्था र राजामा नै निहित थियो।
राजा र राजसंस्था अाफु शक्तिशाली बन्न र शक्तिमा रहिरहन गरेको भड्किलो र हिंस्रक क्रियाकलापको परिणाम थियो कथित सशस्त्र संघर्ष, जनयुद्ध र जनअान्दोलन जसका कारणले १७ हजार भन्दा बढी नेपालीको ज्यान गएको थियो। त्यस्तो व्यक्ति, पद वा संस्था जो जनता माथि नियन्त्रण चाहने, शक्तिविकेन्द्रीकरण र शक्तिपृथकिकरण गर्न नचचाहने त्यो राजा र राजसंस्था कसरी प्रजातान्त्रिक हन्छ थियो!
इतिहास साक्षी रहेेको अालो अमानवीय र हिंसात्मक घटनाक्रमले बोकेको तथ्य कुरालाई विषय विज्ञहरूले किन मोडदैछन्, लुकाउदैछन् र अाम नागरिकहरूलाई तथ्यगत कुरादेखि टाढा राखिदैछ वा छुट्टै भ्रम सृजना गराईदैछ! मानवरूपि करदाता नागरिकलाई रैती मान्ने त्यो प्रवृत्ति व्यक्ति वा संस्था, राजा होस् या स्थायी, अस्थायी सरकारका प्रतिनिधि, ति अमानवीय र असामाजिक हुन्।
ऐतिहासिक सन्दर्भलाई अाधार मानेर बिना कुनै प्रभावमा नरही सुक्ष्म र गहिरो अध्ययन गर्ने हो भने अाजको यस्तो विकराल अवस्था र स्थितिमा पुर्याउने पहिलो एवं प्रमुख तत्व र पक्ष त्यो तत्कालीन राजा र राजसंस्था हो र थिएन भनेर मान्नु कुनैन कुनै स्वार्थ वा प्रभावमा परेर जानाजान गरेको समर्थन हो वा भ्रम हो। यस्ता स्वाार्थ र भ्रमबाट ननिक्ले सम्म देश र समाजको दुर्गतिको जिम्मेवारी हामी समाज वा नागरिकले लिनु पर्दछ।
नेपाल र नेपाली समाजमा लोकतन्त्र/प्रजातन्त्रको वकालत र प्रयोग गर्ने एक मात्र लोकतान्त्रिक दल वा संस्थाले लोकतन्त्र संस्थागत गर्न गराउन नसक्नुको कमिकमजोरीको अात्मअालोचना गर्नु पर्ने हुन्छ। र जनताको विश्वासको मत लिएर विधिको शासनको कार्यान्वयन गर्दै लोकतन्त्र स्थापित गराउन हरप्रयासमा रहनु पर्दछ।
नेपाली समाजले राजालाई पदच्युत र राजसंस्था विघटन गर्नुको पछाडिका कारण राष्ट्रियताको केन्द्र बन्नु पर्नेमा अाफुनै सर्वशक्तिकेन्द्र बन्न खोज्नुको परिणाम हो। श्रीपेच बोकेको खोपडीले राजदण्डलाई हतियार बनाए जसले राजालाई हिंसात्मक बनायो, अपराधी बनायो। यस्तै प्रवृत्ति फेरिपनि नदोहोर्याउन विगतबाट पाठ सिक्न जरुरी छ।